काठमाडौंबाट झापा आउँदै गरेको हायसको चक्का खुस्किंदा दुर्घटना

काठमाडौंबाट झापातर्फ आउँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्डको अधेरीमा दुर्घटना भएको छ ।

EPIC

जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार प्र. १–०२–०००४ क २०७६ नम्बरको हायसको पछाडिको चक्का खुस्केर दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालकसहित १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ ।

EPIC EPIC EPIC

चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका– ६ का ७२ वर्षीय वृद्ध बलविरको अवस्था गम्भीर छ ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा गम्भीर अवस्था भएकालाई विराटनगर न्युरो हस्पिटल रेफर गरिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको उदयपुर जिल्ला प्रहरी प्रमुख रमेश थापाले जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *