काठमाडौंमा एमालेको प्रतिकात्मक खुँडा र ढालसहित प्रदर्शन

काठमाडौं । नेकपा एमालेका नेता–कार्यकर्ताहरुले गणतन्त्र दिवसको दिन प्रतिकात्मक खुँडा र ढालसहित प्रदर्शन गरेका छन् । काठमाडौंमा गणतन्त्र दिवसलाई उत्सवमय रुपमा मनाउन भन्दै प्रदर्शनमा उत्रिएकाहरुले खुँडा र ढालसहित प्रदर्शन गरेका हुन् । यो र्‍यालीको अग्रपंक्तिमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरु छन् ।

उनीहरुले गणतन्त्र जिन्दावाद, नेकपा एमाले जिन्दावाद लगायतका नारा लगाएका छन् । र्‍यालीमा एमाले नेताकार्यकर्ताहरु साँस्कृतिक झाँकीसहित सहभागी छन् । काठमाडौंका विभिन्न ठाउँबाट निकालिएका र्‍याली भृकुटीमण्डपमा पुगेर भेला हुनेछ । त्यसपछि भद्रकाली, शहीदगेट, बीर अस्पताल, रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपमा आएर कोण सभामा परिणत हुनेछ । सभालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

EPIC EPIC EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *