Search
Close this search box.
Search
Close this search box.

काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २९ यात्रु घाइते

दाङ । दाङको लमहीमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरमा गएराति १ः४५ बजे दुर्घटना भएको प्रहरी कार्यालय लमहीले जनाएको छ ।

EPIC

गम्भीर अवस्थाका ७ जना घाइतेहरूलाई बाँकेको कोहलपुर पठाइएको र अन्य घाइतेहरुको लमही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको नाम ठेगाना भने खुलेको छैन । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बसको पट्टा भाँचिएपछि अनियन्त्रित भइ बस पल्टिएको चालकको भनाइ भएको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *