कानेपोखरीमा सवारी दुर्घटना : प्रहरी सहायक हवल्दारको मृत्यु, श्रीमती र छोरा गम्भीर घाइते

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा भएको सवारी दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको ज्यान गएको छ भने उनकी श्रीमती र छोरा गम्भीर घाइते भएका छन्।

शनिबार राति करिब ८ बजे कानेपोखरी–७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलबारी नगरपालिका–४ का ३१ वर्षीय प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको हो।

EPIC EPIC EPIC EPIC EPIC

चौधरी आफैँले चलाएको प्रदेश १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा उनी पत्नी र छोरासहित सवार थिए। पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा मोटरसाइकल चिप्लिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका चौधरीलाई तत्काल मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनबिक्रम दाहालले जानकारी दिए।

दुर्घटनामा चौधरीकी पत्नी २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते भएका छन्। उनीहरू दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

मृतक चौधरी इलामको जमुना प्रहरी चौकीमा कार्यरत थिए भने उनकी पत्नी पनि सोही चौकीमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *