कामीरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथा सफल आरोहण, नयाँ विश्व कीर्तिमान



समाचार सारंश:

  • विश्वप्रसिद्ध आरोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथा चढ्दै आफ्नै कीर्तिमान तोडे
  • मंगलबार बिहान ४ बजे सफल आरोहण, सेभेन समिट ट्रेक्सले जानकारी
  • ५५ वर्षीय शेर्पा २२ जना भारतीय सैनिकको आरोहण टोलीका प्रमुख गाइड थिए
  • सन् 1994 (वि.सं. 2051) मा पहिलोपटक सगरमाथा चढेका शेर्पा काठमाडौँमा परिवारसहित बसोबास गर्दै
  • गत वर्ष वैशाख ३० मा २९औँ र जेठ ९ मा ३०औँ पटक सगरमाथा चढ्दै कीर्तिमानी बन्दै आएका


काठमाडौं — विश्वप्रसिद्ध नेपाली पर्वतारोही कामीरिता शेर्पाले फेरि इतिहास रचेका छन्। आफ्नै पुरानो कीर्तिमान तोड्दै उहाँले मंगलबार बिहान ४ बजे सगरमाथाको ३१औँ पटक सफल आरोहण गर्नुभएको छ।

EPIC EPIC EPIC EPIC

सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार, कामीरिताले २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा चढेका हुन्।

५५ वर्षीय शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ (वि.सं. २०५१) मा पहिलोपटक सगरमाथा आरोहण गर्नुभएको थियो।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “एभरेष्ट म्यानले फेरि गर्‍यो चमत्कार, ३१औँ पटक सगरमाथा आरोहण, इतिहासमै सबैभन्दा धेरै पटक सगरमाथा चढ्ने कीर्तिमानी कामीरितालाई बधाई।”

कामीरिता शेर्पा हाल काठमाडौँमा पत्नी र दुई सन्तानका साथ बसोबास गर्दै आउनुभएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *