Search
Close this search box.
Search
Close this search box.

कारागारमा मृत्यु भएका चण्डेश्वरको परिवारले शव बुझ्न मानेन

दश महिनाअघि कारागार चलान भएका विराटनगर महानगरपालिका– १० का चण्डेश्वर सहनी सोमबार कारागारबाट छुट्दै थिए । उनका छोराछोरी बुबालाई लिन बिहान साढे ९ बजे कारागार जाने तयारीमा थिए ।

बुबा आउने भएपछि छोरी पूजासहित परिवारका सदस्य खुसी थिए । तर सोमबार बिहानै सहनीको मृत्युको खबर घरमा पुग्यो । छोरीहरु दौडिएर कोशी अस्पताल आए । अस्पतालको शव गृहमा लास राखिएको थियो । सुरुमा प्रहरीले हेर्न दिएनन्, रोइ कराइ गरेपछि बल्ल मुख हेर्न दिए ।

EPIC

मंगलबार दिउँसो अस्पतालमा भेटिएकी पूजाले भनिन्, ‘बिरामी भएको र अस्पताल ल्याएको पनि जानकारी दिएनन्, हामीलाई लास मात्रै देखाए ।’

सहनीको मृत्यु शंकास्पद भन्दै परिवारले शव बुझ्न मानेको छैन । मंगलबार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की कोशी अस्पतालमा आफन्त बिरामी हेर्न जाँदा बाटोमा रोकेर पूजाले न्यायका लागि हारगुहार गरिन् । बुबालाई मारिएको शंका गर्दै छानबिन गरिदिन आग्रह गरिन् । पूजाको रोइकराई सुनेपछि मुख्यमन्त्री म हेर्छु भन्दै फर्किए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *