Search
Close this search box.
Search
Close this search box.

कालिञ्चोक दर्शन गरेर फर्किंदै गरेको जिप दुर्घटना: युवकको मृत्यु, १२ जना घाइते

दोलखाको देउरालीमा बोलेरो दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मेलुङ गाउँपालिका ७ सिस्नेरीका २५ वर्षीय सुजन मगरको मृत्यु भएको हो । भिमेश्वर नगरपालिका ७ देउरालीमा कालिञ्चोकबाट दर्शन गरी चरिकोटतर्फ आउँदै गरेको बा २१ च ८२६८ नम्बरको बोलेरो आफैँ अनियन्त्रित भई रोकि राखेको बागमती प्रदेश ०२–०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठोकिएर दुर्घटना भएको दोलखा प्रहरीले जनाएको छ । सो दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते हुने सबै जना मेलुङका रहेका छन् । जसमा मेलुङ गाउँपालिका सिस्नेरीका १७ वर्षीय सुमिन्द्र योगी, ५० वर्षीया मेलमाया योगी, २८ वर्षीय नवराज योगी, ११ वर्षीय मिप्चन योगी, ६ वर्षीया सन्ध्या योगी, २९ वर्षीया सोबिता योगी र ३५ वर्षीया सिता योगी, ५३ वर्षीय जोग कुमारी खड्का, ३० वर्षीय बोलेरो चालक किरण खड्का, ३२ वर्षीय नारायण योगी र १७ वर्षीय सिजन योगी रहेका छन् ।

EPIC

यीमध्ये सुमिन्द्र र मेलमाया भने गम्भिर घाइते भएका छन् भने उनीहरु लगायत सन्ध्या, सिता र सिजनलार्ई चरिकोट अस्पतालबाट काठमाडौँ रिफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको भने चरिकोटको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भइरहेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बोलेरो करिब ३० मिटर तल खसेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *