Search
Close this search box.
Search
Close this search box.

किसानलाई तत्काल राहत देउ

अघिल्लो वर्ष लम्पी स्किन महामारीबाट आधा अर्ब रूपैयाँभन्दा बढी क्षति भए पनि हासम्म किसानले कुनै राहत पाएका छैनन् । महामारीले ७७ वटै जिल्लाका पशु चौपायाको मृत्यु एवम् संक्रमण भई क्षति व्यहोर्दा पनि सरकार मुकदर्शक बनेर बसेको किसानहरुले गुनासो गर्दै आएका छन् । अर्बौं रूपैयाँ क्षति हुँदा पनि किसानले राज्य छ भन्ने अनुभूति गर्न नपाएको कृषकहरुको एउटै भनाइ छ । सरकारले किसानका लागि राहत प्याकेज ल्याउने भनेको एक आर्थिक वर्ष सकिँदा समेत कहिँकतै राहत पाउन सकेका छैनन् ।


महामारीबाट देशभर ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान लगाइएको छ । लम्पी स्किनको कारण गाईबस्तुको ज्यान मात्रै जाने नभएर दूध उत्पादन तथा मासु उत्पादनमा गिरावट, प्रजननमा समस्या आउने, अतिरिक्त दाना खुवाउनुपर्ने, गाई, भैँसी तुहिने, बेतान्तर लगायतका समस्या सिर्जना हुँदा किसानलाई क्षति पुगेको छ । मृत्यु भएका किसानको पनि विमा नभएकाले किसान मर्कामा परेका हुन् । ग्रामीण क्षेत्रका किसानले पशुको विमासमेत नगरेकाले धेरै क्षति व्यहोर्नुपरेको छ ।

EPIC EPIC EPIC


हालसम्म सरकार किसानलाई कार्यविधि बनाएरै राहत दिन पहल गर्छौं भन्दै पन्सिँदै आएको छ । नेपाल पशु चिकित्सा परिषद्ले जनाए अनुसार एउटा पशु लम्पी स्किनबाट संक्रमित हुँदा ४९ हजार एक सय ३५ रूपैयाँ नोक्सान हुन्छ । यसरी हेर्दा साढे १३ लाख पशु संक्रमित भएकाले ६४ अर्ब रूपैयाँ बढीको क्षति भएको अनुमान गरिएको छ । यतिका धेरै क्षति हुँदा समेत सरकारले किसानका लागि चासो नदिनु दुःखद् हो । महामारीका रूपमा फैलिरहेको रोग नियन्त्रणका लागिसरकारले सात वटै प्रदेशमा रोग नियन्त्रणका लागि विशेषज्ञ टोली खटाउनुपर्छ । तीन तहको सरकार एक आपसमा समन्वय गरेर रोग नियन्त्रणको लागि काम गर्दै रोग लागेर क्षति बेहोरका किसानलाई तत्काल राहत प्रदान गर्नतर्फ लाग्नुपर्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *