किसानले दूधको समर्थन मूल्य पाएनन्

बिर्तामोड/ पशुपालन तथा दुग्ध उत्पादक संघ झापाले पूर्वका डेरी उद्योगले दूधको समर्थन मूल्य नदिएको भन्दै आक्रोश व्यक्त गरेको छ ।

डेरी उद्योगले सरकारले तोकेको समर्थन मूल्य कार्यान्वयन नगरेको जनाउँदै संघले आक्रोश व्यक्त गरेको हो । यसप्रति संघले सरकारको ध्यानाकर्षण गराएको छ ।

EPIC EPIC EPIC

सरकारले तोके बमोजिम किसानले दूधको समर्थन मूल्य प्राप्त गर्न नसकेको पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अध्यक्ष लक्ष्मीप्रसाद सिटौलाले बताउनुभयो ।

सरकारले कच्चा दूधको मूल्य प्रति लिटर ६५ रुपैयाँ तोकेको थियो । तर, कोशी प्रदेश डेरी उद्योग सङ्घ र नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी उद्योगले प्रति लिटर ८ रुपैयाँ घटाएर भुक्तानी गर्दै आएका छन् ।

डेरी उद्योगले किसान मारा नीति लिएको दुग्ध उत्पादक संघ झापाका उपाध्यक्ष दिनेश थापाले बताउनुभयो । भारतबाट सस्तोमा दूध पाउडर खरिद गरेर ल्याउने र उपभोक्तालाई बेच्ने कार्यमा डेरी उद्योगको संलग्नता देखिएको उपाध्यक्ष थापाको जिकिर छ ।

‘किसानलाई दूधको समर्थन मूल्य दिनुभन्दा भारतबाट पाउडर किनेर ल्याउनुलाई डेरी उद्योगले महत्व दिएका छन्’, बिहीबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष थापाले भन्नुभयो ।

कोशी प्रदेशमा दैनिक १ लाख ५० हजार लिटर दूध बिक्री भइरहेको छ । समर्थन मूल्य प्राप्त नगर्दा किसानले १२ लाख रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नुपर्छ ।

करिब १५ महिना यता ५० करोड ४० लाख रुपैयाँ किसानले नोक्सानी बेहोर्नुपरेको अध्यक्ष सिटौलाले बताउनुभयो ।

पाथिभरा गाई फर्मका सञ्चालक सुदीप गौतमले किसानमाथि डेरी उद्योगहरूले अन्याय गरिरहेको बताउँदै यस विरुद्ध सशक्त रुपमा आवाज उठाउने बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *