काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा विपक्षी दलले बुधबार राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेका छन् ।
बुधबार राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सभाको बैठकमा आएर स्पष्टीकरण नदिएसम्म बैठक चल्न नदिने विपक्षीको अडान थियो ।
बैठकमा राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्कीले कुलमानलाई हटाउने सरकारको निर्णय गलत र नेपाल विद्युत् प्राधिकरणलाई डुबाउने नियतको भएको बताउनुभयो । आजै विपक्षी दलले प्रतिनिधि सभा बैठक पनि अवरुद्ध गरेका थिए ।