दिपेन्द्र लुईटेल भाेजपुर । भाेजपुरको टेम्केमयुङ गाउँपालिका सिचाईको अभावमा जमिन वाझिदै गएका थिए । किसानहरु आकासे पानिको भरमा खेति गर्नुपर्ने बाध्यता थियो । सो समस्याको हल हुने भएपछि किसानहरु हर्सित बनेका छन ।
गाउँमा परिवार पाल्न भने निक्कै दु ःख गरेर खेति लगाएपनि वालिमा आवश्यता अनुसार सिचाई हुन नसक्दा किसानहरु मारमा परेका थिए । स्थानिय हरुले कुलो वन्न थाले पछि जग्गाहरुको उत्पादन हुने आशमा छन ।
स्वइच सरकार ,सघिंय सरकार र स्थानिय सरकारको संयुत्त लगानिमा कुलो निमार्ण हुन थालेपछि आकासे पानिको भरमा खेति गर्नुपर्ने वाध्यता हट्न थालेको छ । राम्रो कुलो नभएको कारण पानि ल्याएतापनि ठाँउ ठाँउमा चुहिनेर पानि सोसिने कारण किसान हरुलाइ पानि पुर्याउन समस्या थियो । गहँ मकैबालि जस्ता विभिन्न बालिनालि किसानका विचमा पानि बाढेर लगाउने चलन थियो । रातको समयमा समेत लामो बाटो कुर्दाै पानिको मुहान थुन्दै ल्याउनु पर्ने बाध्यता भने अहिले हटेको छ ।
निमार्णधिन कुलो बाट करिब ७४९ घरधुरिले उपभोग गर्न पाउने प्रमुख प्रशासकिय अधिकृत सन्दिप न्यौपानेले पालिका सन्देश सम्बादातालाई बताए । यो आर्थिक वर्ष २०७९सम्म २ करोड २१ लाख बन्दैगरेको कुलो पालिकाले १,३,४,८र९ नम्बर बडाले उपभोग गर्न पाउने छन् ।