कृषि ज्ञान केन्द्र झापाले चैते धान उत्पादनका लागि ४८ विगाहामा प्रविधि प्रदर्शन गर्ने

झापा। कृषि ज्ञान केन्द्र झापाले आर्थिक वर्ष २०८१/८२ मा चैते धान खेती प्रवर्द्धन गर्न जिल्लाका विभिन्न पालिकामा प्रविधि प्रदर्शन गर्ने भएको छ। यसका लागि कृषकहरूलाई आवश्यक तालिमको व्यवस्थापन गर्दै ज्ञान केन्द्रले तयारी तीव्र बनाएको छ।

EPIC

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार कृषि यन्त्रहरूको प्रयोग र प्रदर्शनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको छ। प्रविधि प्रदर्शनअन्तर्गत विशेष गरी मेसिनद्वारा धान रोपाइँ गर्ने प्रविधि अपनाइने छ। यसका लागि ट्रेमा विउ राख्ने प्रविधि सम्बन्धी सीप हस्तान्तरण गर्न कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख र कृषि प्रसार शाखा प्रमुख कृषकका खेतमै पुगेर कार्य सञ्चालन गरिरहेका छन्।

EPIC EPIC EPIC

कृषि प्रसार शाखा प्रमुख चेतराज भण्डारीका अनुसार प्रविधि प्रदर्शन र कृषि यन्त्र प्रयोगका लागि जिल्लाका केही स्थानीय तहहरूलाई पाइलट कार्यक्रमअन्तर्गत छनोट गरी कार्यक्रम अघि बढाइएको छ।

बुद्धशान्ति गाउँपालिका–३, चर्चावारीका कृषक दीपक सापकोटाका अनुसार, प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत २५ परिवार सम्मिलित समूह गठन गरिएको छ। समूहका सदस्यहरूकै सक्रियतामा कार्य विभाजन गरी कार्यक्रम सञ्चालनको तयारी भइरहेको छ।

कृषि ज्ञान केन्द्र झापाले कृषकहरूलाई प्रविधि तथा यन्त्र उपकरणको उपयोगबारे सहज बनाउँदै कृषि यान्त्रिकीकरणमा सहयोग गरिरहेको छ। यस क्रममा कृषकका खेतमै पुगेर प्रविधि सम्बन्धी सीप हस्तान्तरण गरिनु प्रभावकारी भएको बताइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *