Search
Close this search box.
Search
Close this search box.

केकी र रीमालाई लिएर बिमलेशले ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने

काठमाण्डौ। अभिनेत्री केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ ।

फिल्म उद्योगमा यी तीनजना कलाकार निकट मानिन्छन् । फिल्ममा अभिनय गर्दागर्दै अधिकारी अमेरिका हानिएका थिए । उनी सातवर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

EPIC EPIC EPIC

फिल्ममा निर्देशक समेत रहेका बिमलेशको शीर्ष भूमिका समेत हुनेछ । मंगलबार आयोजना हुने घोषणा समारोहमा बिमलेशले फिल्मको औपचारिक जानकारी दिनेछन् जहाँ अन्य कास्ट एण्ड क्रिउबारे पनि विस्तृत खुलाइनेछ ।

दशैंपछि छायांकन हुने फिल्ममा पछिल्लो समय सहरमा ब्याप्त ह्याप्पी डिभोर्सको प्रवृत्तिलाई चित्रण गरिनेछ । बिमलेश पछिल्लोपटक २०७३ सालमा प्रदर्शन भएको फिल्म ‘जंगबहादुर कोट’मा देखिएका थिए । ‘ह्याप्पी डिभोर्स’ एकातिर उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ भने अर्कोतिर, कमब्याक फिल्म समेत ।

तुलसी, मुटु, ब्रेकफेल, मेरो बेस्टफ्रेन्ड, को हुँ मजस्ता फिचर फिल्म समेत दर्जनौं म्युजिक भिडियोमा उनले अभिनय गरेका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *