कचनकवल। कचनकवल गाउँपालिकामा एकदिने कुष्ठरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कचनकवल गाउँपालिकाको आयोजना तथा नेपाल कुष्ठरोग संगति(NFL)को सहयोगमा कचनकवल गाउँपालिका-४मा रहेको महेन्द्र रत्न माविमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

महेन्द्र रत्न मावि विद्यालयका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाराम माझीको प्रमुख आतिथ्यतामा तथा केचना स्वास्थ चौकीका इन्चार्ज धिरेन राजवंशीको प्रतिनिधित्व र कुष्ठरोगका कोर्डिनेटर दिनेश मण्डलको आतिथ्यमा सप्पन्न भएको उक्त कार्यक्रममा प्राविधिक कक्षा घनश्याम यादवले सञ्चालन गर्नुभएको थियो।
“कुष्ठरोग किटाणुद्वारा हुने रोग हो जुन चाहिँ उपचारबाट निको हुन्छ” कक्षा सञ्चालन यादवले बताउँनुभयो। उहाले भन्नु भयो” कुष्ठरोग कम सर्ने रोग भएकाले रोगबाट संक्रमित भएका घरका सदस्यले पनि अनिवार्य जचाउँनुपर्छ”।
दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रममा करिब ३० जना स्थानीय उपस्थित भएका थिए।