केचना माछा पोखरीको छठ पूजा कार्य समिति गठन, पूजाको तयारी तिब्र

कचनकवल/कचनकवल गाउँपालिका-४ स्थित केचना माछा पोखरीको छठ पूजा कार्य समिति गठन गरिएको छ।

शुक्रबार वडा नम्बर ४ को वडा कार्यालयमा स्थानीयको भेलाले आगामी हुने छठ पूजाको कार्य समिति चयन गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

भेलाले केशवर राजवंशीको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुवास राजवंशी सचीवमा राजकुमार राजवंशी र कोषाध्यक्षमा ज्ञानबहादुर गणेश रहेका छन्।
सदस्यमा शिवलाल माझि, श्रवण कुमार गणेश, किरणलाल गणेश, महेन्द्र गणेश, रोशनकुमार गणेश, सुवास राजवंशी, रन्जित कुमार शाह, विकास राजवंशी, देवकुमार माझी, कालेन्द्र राजवंशी, टेकनारायण माझी, कृष्ण माझी, अजय कुमार माझी, सतानु बाबाजी, विष्णु बाबाजी, अनिशा यादव, देवी प्रसाद उप्रेती, रमानन्द महतो र राजेश कुमार गणेश रहेका छन्।
केचना स्थित माछा पोखरीमा छठ पर्व मनाउन कुनै असुविधा हुन नदिन समितिले आवश्यक कामको थालनी गरेको समितिका अध्यक्ष केशवर राजवंशीले बताए।

छठ पूजा यहि कार्तिक १३ गते र १४ गते परेको छ । प्रेम र सदभावको प्रतिकको रुपमा रहेको यो पर्व उदाउँदो सूर्यलाई अर्घ दिएपछि सुरु हुने र भोलिपल्ट अस्ताउँदो सूर्यलाई अर्घदिए संगै समापन हुने गर्छ । केचनाको माछा पोखरीमा हरेक वर्ष सयौं श्रद्धालु भेला भई सूर्य भगवानको पूजापाठ गर्ने गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *