केचना सडकमा परेको भ्वाङ स्थानीयले पुरे

कचनकवल। झापाको कचनकवल–४ स्थित केचना बजार र चोकबीच पर्ने केचना–चाआली सडकखण्ड अन्तर्गत केचना पोखरीमा कल्भर्ट हालेर निर्माण गरिएको सडकमा ठूलो भ्वाङ परेपछि स्थानीयले मर्मत गरेका छन्।

स्थानीय बासिन्दाका अनुसार सडकको माथिल्लो भाग क्रमशः भासिँदै जाँदा उक्त स्थानमा ठूलो भ्वाङ बनेको थियो। सडक भासिएपछि सवारीसाधनको आवतजावतमा अवरोध आउँदै गएको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

सडक अवरुद्धको स्थिति आएपछि स्थानीयले आफैं जुटेर भ्वाङ पुरेर अस्थायी रूपमा सडक मर्मत गरेका छन्। उनीहरूले स्थायी मर्मतलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन्।

स्थानीयका अनुसार यो सडक आसपासका बस्तीहरू भारतको बिहार स्थित कादोगाउँ जोड्ने प्रमुख मार्ग भएकाले तत्काल दिगो मर्मत कार्य थाल्न आवश्यक छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *