कचनकवल । झापाको कचनकवल गाउँपालिका ४ केचना स्थित स्वास्थ्य चौकी केचनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।
केचना स्वास्थ्य चौकीको आफ्नै आयोजनमा स्वास्थ्य चौकी परिसरमा विभिन्न फूल, लिची, सुपारी लगायतका ७० भन्दा बढी बिरुवा रोपिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले वृक्षरोपण पश्चात बोल्दै स्वास्थ्य चौकीमा आएका बिरामीलाई बोट बिरुवाको बस्न सहज हुने उल्लेख गरे।
उनले यस्ता बिरुवाले वातावरण स्वच्छ र हरियाली बनाउन समेत मद्दत पुग्ने बताए।

कार्यक्रममा स्वास्थ चौकी केचनाका व्यवस्थापन समितिकी अध्यक्ष दुर्गादेवी राजवंशीको अध्यक्षतामा भएको थियो भने विशिष्ट अतिथिमा वडा नम्बर ४ का वडा अध्यक्ष नुरजजमा मियाँ रहेका थिए।

कार्यक्रममा कचनकवल गाउँपालिकाको न्यायिक समितिका प्रतिनिधि उमेश मिश्र, स्वास्थ शाखाबाट महेश नेपाल,महिला स्वयंसेवीका, इलाका प्रहरी चौकी केचनाका प्रतिनिधि, सशस्त्र प्रहरी बल खुट्टामुनिका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।























