‘केजीएफ ३’को काम छिट्टै थालिने, २०२५ मा रिलिज गरिने

यश स्टारर कन्नड ब्लकबस्टर फिल्म ‘केजीएफ’को तेस्रो भाग २०२५ मा रिलीज हुने भएको छ । फिल्मको निर्माणको काम डिसेम्बर २०२३ देखि सुरु हुनेछ । यो जानकारी प्रोडक्सन हाउस होम्बले फिल्म्सले दिएको हो ।

EPIC

होम्बलेका प्रवक्ताका अनुसार फिल्म केजीएफको पाँच वर्ष पूरा भएको अवसरमा डिसेम्बर २१ मा केजीएफ ३ को घोषणा गरिने छ ।

EPIC EPIC EPIC

‘केजीएफ ३’का निर्देशक, निर्माता र मुख्य कलाकारबीच पहिलो चरणको छलफल भएको छ भने कथाको बारेमा पनि छलफल भएको छ । फिल्मको छायांकन अक्टोबर २०२४ मा सुरु हुनेछ र यो २०२५ मा रिलिज हुनेछ ।

केजीएफ फ्रान्चाइजी २०१८ मा सुरु भएको थियो । यसपछि, २०२२ मा, केजीएफ २ पनि सफल भयो र कन्नड सिनेमाको सबैभन्दा धेरै कमाउने फिल्म बन्यो । १०० करोडमा बनेको यो फिल्मले विश्वभर १२०० करोडको कलेक्सन गरेको थियो ।

यो विश्वभरमा भारतको सबैभन्दा धेरै कमाउने फिल्महरूमध्ये चौथो नम्बरमा छ । यो भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म हो ।

यशले केजीएफ गर्नुअघि ९ फिल्ममा काम गरिसकेका थिए तर २०१८ को फिल्म केजीएफबाट उनले वास्तविक स्टारडम पाएका थिए । यही फिल्मले उनलाई सुपरस्टार बनायो । उनको चरित्र रकी भाइलाई निकै मन पराइएको थियो । फिल्मले २५० करोड कमाएको थियो । यो फिल्मसँगै कन्नड सिनेमाले देशभर पहिचान पायो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *