उत्तराखण्ड। भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको छ।
राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले यो जानकारी दिएका हुन्।
उनले एक्समा लेखेका छन्, ‘रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको धेरै दु:खद खबर प्राप्त भएको छ।’
धामीका अनुसार अहिले दुर्घटनास्थलमा एसडीआरएफ र स्थानीय प्रशासन उद्धारमा खटिएका छन्।
उनले अगाडि लेखेका छन्, ‘म सबै यात्रुहरूको सुरक्षाका लागि बाबा केदारलाई प्रार्थना गर्दछु।’
भारतीय सञ्चारमाध्यमका अनुसार हेलिकप्टरमा सवार व्यक्तिहरू केदारनाथ मन्दिरको दर्शन गर्न जाँदै थिए।