काठमाडौं । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका विश्वासपात्र मानिने सुधीरकुमार शिवाकोटी केन्द्रीय सदस्यमा पराजित भएका छन् ।
शिवाकोटीले झापाबाट ३५ खुला सदस्यमा प्रतिस्पर्धा गरेका थिए । उनले एक हजार २२९ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
शिवाकोटी झापामा सिटौलाका दाइने हात मानिन्छन् । शिवाकोटीले चुनाव हारेसँगै सिटौलाको राजनैतिक पहुँच झापा कमजोर बनेको चर्चा सुरु भएको छ ।
सिटौलाले हरेक निर्णय गर्दा शिवाकोटीसँगको परामर्शमा गर्ने गरेको निकटवर्तीहरू सुनाउँछन् । झापामा सिटौलालाई राजनीतिक सल्लाह दिनेमध्येका शिवाकोटी एक हुन् ।