केपी ओलीको ‘ड्रिम प्रोजेक्ट’ निल्नु कि ओकल्नु

जेन जी आन्दोलनपछि बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर बेपत्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा ड्रिम प्रोजेक्ट सिंहदरबारको खरानीमा घस्रेको अवस्थामा अघि बढेको छ । उक्त प्रोजेक्टका लागि भनेर विज्ञापन गरिएका डेढ दर्जन नयाँ कर्मचारीलाई हिजोदेखि नियुक्ति दिइएको छ ।

नेपाल टेलिभिजनमा अंग्रेजी भाषाको एन टिभी वर्ल्ड च्यानल सञ्चालन गर्न चालिएको कदममाथि हालैको आन्दोलनको राप र खरानी परेको बताइन्छ । मन्त्रालयले सुको बजेट नदिँदा पनि अघि बढाइएको उक्त प्रोजेक्ट औपचारिक रुपमा आगामी असोज १ गते पाँचतारे होटलमा विशेष कार्यक्रम गरेर शुभारम्भको योजना बनाइएको थियो । यसअघि गत माघ पहिलो साता पिएसबीको प्रिजेन्टेसन भनेर होटलमा गरिएको कार्यक्रममा छ लाख रुपैयाँ खर्च भएको टेलिभिजनका कर्मचारीहरु बताउँछन् ।

EPIC EPIC EPIC EPIC EPIC

पछिल्लो समय आर्काइभ डिजिटाइजेनको नाममा आएको छ करोड रुपैयाँ एनटिभी वर्लडको सामान खरिदमा प्रयोग भएको हो । कन्टेन्ट फाइनल नभएको, स्टुडियो नबनेको अवस्थामा पनि असोज १ गतेको डेट फिक्स्ड गरिएकोमा कर्मचारीहरु नै अचम्भित भएका थिए । त्यहाँ कार्यरत कर्मचारी संघ, संगठनको विरोधबीच हिजो १८ जनाको नियुक्ति दिइएको बताइन्छ । व्यवस्थापनले ब्याक डेटमा नियुक्ति दिलाउन दबाब दिएपनि प्रशासनले नटेरेपछि हिजो दिइएको उनीहरुको दाबी छ ।

गत मंगलबारको तोडफोडपछि टेलिभिजनभित्र कुनै कुनै कर्मचारीले आफ्नो ४० हजारको अत्तर (परफ्युम) हराएको भन्दै बिलौना गरेका छन् भने कसैले निजी ल्यापटप हराएकाले त्यसको भरपूर्ताल मिलाइदिन व्यवस्थापनसमक्ष गुनासो गरेको अन्य कर्मचारीको दाबी छ ।

(जन आस्थाबाट साभार)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

News Karkhana

न्यूज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *