Search
Close this search box.
Search
Close this search box.

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै, सोमबार सपथ

काठमाडौं । देशले आज (आइतबार) नयाँ प्रधानमन्त्री पाउँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई  ४५ औं प्रधानमन्त्री नियुक्त गर्दैछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । राष्ट्रपति पौडेलले आज साँझ ५ बजेसम्म नेपालको संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधि सभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन् । त्यसपछि प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । शुक्रबार राति नै एमाले अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । आज ओली प्रधानमन्त्री नियुक्त हुने र सोमबार शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी छ । प्रधानमन्त्रीको शपथको दिन नै कांग्रेस र एमालेबाट सबै मन्त्रीको टुंगो लगाउने जनाएका छन् ।कांग्रेसले मन्त्री छान्न मापदण्ड बनाएको छ भने एमाले पनि मन्त्री छान्ने गृहकार्यमा छ । यसअघि अध्यक्ष ओली हिलोपटक २४ असोज ०७२ मा प्रधानमन्त्री बनेका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले त्यतिवेला १० महिना सरकार सञ्चालन गरे । ३० असार ०७३ मा माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेपछि ओलीले ९ साउनमा संसदलाई सम्बोधन गर्दै राजीनामा दिएका थिए । ०७४ मा एमाले–माओवादीसहित वाम गठबन्धन बनाएर चुनावमा गएका थिए । झण्डै दुई तिहाइ नजिकको बहुमत ल्याएर ओली दोस्रो पटक ३ फागुन ०७४ मा प्रधानमन्त्री भए । त्यतिवेला पनि ओली र माओवादी अध्यक्ष प्रचण्डबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको थियो । ०७५ जेठमा एमाले र माओवादीबीच एकता भएर नेकपा गठन भयो । तर, आलोपालोको सहमति कार्यान्वयन भएन । बरु, नेकपाभित्रको विवाद चुलियो । पार्टीभित्रै कमजोर बनेपछि ओलीले ५ पुस ०७७ मा प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे । तर, सर्वोच्च अदालतले ११ फागुन ०७७ मा विघटन असंवैधानिक भन्दै पुनर्स्थापना गरिदियो । लगत्तै, २३ फागुनमा एमाले र माओवादी पूर्ववत ब्युँतिने फैसला ग¥यो । त्यसपछि माओवादीले समर्थन फिर्ता लियो र ओली सरकारले २७ वैशाख ०७८ मा सदनमा विश्वासको मत गुमायो । दोस्रो पटक ओलीले तीन वर्ष तीन महिना सरकार चला ए। ओली सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गरेकी थिइन् । त्यसका लागि ३० वैशाख ०७८ राति ९ बजेसम्मको समय दिइएको थियो । तर, कुनै पनि दलले बहुमत पुर्‍याउन नसकेको भन्दै राष्ट्रपतिले ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन् । यद्यपि, त्यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए । तेस्रो पटक नियुक्त भएका प्रधानमन्त्री ओलीले ८ जेठ ०७८ मा फेरि प्रतिनिधिसभा विघटन गरिदिए। त्यसविरुद्ध पनि सर्वोच्च अदालतमा मुद्दा पर्‍यो । २८ असार ०७८ मा सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गर्नुका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्‍यो । ओली त्यतिबेला दुई महिना प्रधानमन्त्री भएका थिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *