केपी ओली कप : उज्वेक क्लबलाई पेनाल्टीमा हराउँदै एपिएफ क्वार्टरफाइनलमा

काठमाडौं । पेनाल्टी सुटआउटमा उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपिएफ) एफसी केपी ओली कप च्याम्पियनसिप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

आइतबार एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले ब्ल्याक बुल्सलाई ट्राइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गर्‍यो। निर्धारित समयमा दुबै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

EPIC EPIC EPIC EPIC EPIC

ट्राइब्रेकरमा एपिएफका गोलकिपर एन्जल श्रेष्ठ नायक साबित भए। उनले ब्ल्याक बुल्सका दुई प्रहार बचाउँदै टोलीलाई जित दिलाए।

गत माघमा पोखरामा सम्पन्न २४औं आहा रारा पोखरा गोल्डकपको विजेता ब्ल्याक बुल्स पहिलो खेलमै पराजित भएको छ। अब एपिएफले सेमिफाइनल प्रवेशका लागि संकटासँग प्रतिस्पर्धा गर्नेछ।

फागुन १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछ।

सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ। हरेक खेलको विजेता टोलीले २५ हजार तथा प्लेयर अफ द म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछ।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित प्रतियोगितामा ९ टोली सहभागी छन्।

प्रतियोगिताको दोस्रो दिन सोमबार दुई खेल हुनेछन्। बिहान ११:३० बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्नेछन् भने दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *