केबलकारको विषयमा ताप्लेजुङमा फेरि झडप, १२ जना घाइते

ताप्लेजुङ/ ताप्लेजुङमा ‘नो केबलकार’ पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका गरी १२ जना घाइते भएका छन्। अभियानका समर्थकहरूले पाथीभराको तल्लो फेदी काफ्लेपाटीबाट बृहत् सद्भाव र्‍याली निकाल्दै माथिल्लो फेदी पुगेका थिए। माथिल्लो फेदी पुगेका प्रदर्शनकारी नाराबाजी गर्दै केबलकारको बेस स्टेसनसम्म पुगेका थिए।

EPIC

पाथीभरा केबलकार परियोजनाको विरोध चर्किँदै गएपछि उनीहरूले ‘केबलकार बन्द गर’ भन्दै नाराबाजी गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने घटनामा ११ सुरक्षाकर्मी र एक प्रदर्शनकारी घाइते भएका हुन्।

EPIC EPIC EPIC

बेसस्टेसनलाई सुरक्षा गरिरहेका सुरक्षाकर्मीको घेरा तोडेर प्रदर्शनकारीहरू अघि बढ्न खोजेपछि प्रहरीले रोक्ने प्रयास गर्‍यो। सोही क्रममा दुवै पक्षबिच ठेलमठेल हुँदा झडप भएको हो।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख नेत्रप्रसाद शर्माले स्थिति नियन्त्रण गर्न प्रहरीले सात राउन्ड अश्रुग्यास प्रहार गरेको बताए। प्रदर्शनकारीहरू झन् आक्रोशित बनेर अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको प्रजिअ शर्माको भनाइ छ।

फागुन ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन बिहीबार आन्दोलन थप चर्किएको र सोही सद्भाव र्‍यालीमा सहभागी राष्ट्रिय मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगेका छन्। 

आन्दोलनरत समूहले केबलकारको बेसस्टेसनतर्फ अघि बढेर प्रदर्शन जारी राखेका छन्। प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको छ। अवस्था सामान्य रहे पनि बेसस्टेसनअगाडि आन्दोलनकारीले नाराबाजी गरिरहेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *