Search
Close this search box.
Search
Close this search box.

केर्खा दुर्घटना: आक्रोशित भीडद्वारा प्रहरी बिटमा तोडफोड, ८ सुरक्षाकर्मी घाइते

झापा- हजुरबुवा र नातिनीको मृत्यु हुने गरी दुर्घटना भएपछि भड्किएको स्थिति नियन्त्रणमा लिन प्रहरीले केर्खामा दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ।

जनपद प्रहरीले १५ सेल र सशस्त्र प्रहरी बलले १४ सेल अश्रुग्यास फायर गरेको हो । आक्रोशित स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीतर्फ ५ जना र सशस्त्र प्रहरीतर्फ ३ जना घाइते भएका छन् ।

EPIC EPIC

आक्रोशित स्थानीयले केर्खामा रहेको प्रहरी बिट र ट्राफिक प्रहरी बिटमा ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् ।

त्यस्तै स्थानीयले ढुङ्गामुढा गर्दा घटनास्थलनजिकै रहेको मे १ ख २७४४ नं. को न्यू सूर्योदय यातायात यात्रुबाहक बसको अगाडीको सिसा चर्किएको छ । त्यस्तै बायाँ साइडको ४/५ वटा झ्यालको सिसा फुटेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *