के हो शिवलिङ्गको वास्तविक अर्थ र किन गरिन्छ यसको पूजा?

काठमाडौं । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ।

खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

EPIC EPIC EPIC

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

यस दिन शिवलिङ्गको विशेष पुजा गरिन्छ । शिवलिङ्गको पुजा गर्दा भगवान खुशी भएर मागेको कुरा दिने विश्वास छ । हिन्दू धर्म शास्त्रमा शिवलिङ्गलाई विशेष महत्वका साथ व्याख्या गरिएको छ । यसको छुट्टै महत्व छ । आज हामी शिव लिङ्गको बारेमा चर्चा गर्दै छौं । मान्यताको अनुसार शिव लिंग , लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।

शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।शिवलिंगका बारेमा एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे ।

त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरित दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।

केहो त शिव लिङ्ग ?
शुन्य, आकाश, अनन्त, ब्रह्माण्ड र निराकार परमपुरुष भएकाले यसलाई लिंग भनिएको हो । स्कन्दपुराणमा आकाश स्वयंम लिंग हो भनिएको छ । शिव लिंग वातावरणसहित घुमिरहेको धर्ति तथा सारा अनन्त ब्रह्माण्डको अक्ष धुरी नै लिंग हो ।

शिवलिंगको अर्थ अनन्त हुन्छ । अर्थात यसको कुनै सुरुवात पनि हुन्न र अन्त पनि । शिवलिंगको अर्थ लिंग वा योनी होइन । वास्तवममा यस्तो ब्याख्या दिगभ्रमित गर्नका लागि अंग्रेजहरुले गरेका हुन् । हामीलाई नै थाहा छ, एउटा शब्दलाई भिन्नभिन्न भाषामा अलग—अलग अर्थ निकाल्न सकिन्छ । त्यसैले शिव लिंगको अभिप्राय चिन्ह, निशानी, गुण, ब्यवहार वा प्रतीक हो । धर्ती यसको पिठ्यु र आधार हो ।

किन शिब लिंग को पूजा गरीन्छ ?
शिव शंभु आदि र अन्त्यका देवता हुनुहुन्छ । उहाँको न कुनै स्वरूप हुन्छ न आकार, उहाँ निराकार हुनुहुन्छ । आदि, अन्त्य नभएको कारण लिंगलाई शिवकाे  निराकार रूप मानीएको हो । त्यसैले शिवको साकार रूप मानी भगवान शंकर मानेर शिब लिंग रूप को पूजा गरिएको हो ।

केवल शिवलाई नै निराकार लिंगको रूपमा पूजा गरीन्छ । लिंग रूपमा समस्त ब्रह्मांडको पूजा हुन्छ र हिन्दु धर्म अनुसार उहाँलाई समस्त जगतको मालीक मानीदै आएको छ । यसकारण शिव मूर्ति र लिं ग दुबै रूप मा पूजा गरीन्छ ।

‘शिव’ का अर्थ हुन्छ– ‘परम कल्याणकारी’ र ‘लिंग’काे अर्थ – ‘सृजन’ पनी हो । वेद मा उल्लेख भएअनुसार वेद र वेदान्त मा लिंग शब्द सूक्ष्म शरीर को लागी हो । यो सूक्ष्म शरीर १७ तत्वों ले बनेको हुन्छ। मन, बुद्धि, पांच ज्ञानेन्द्रिय, पांच कर्मेन्द्रिय, र पांच वायु। वायु पुराणको अनुसार प्रलयकालमा समस्त सृष्टि जहाँ लीन हुन्छ र पुनः सृष्टिकाल मा जहाँबाट प्रकट हुन्छ त्यसैलाइ लिंग भनिन्छ । यस प्रकार विश्व को सम्पूर्ण ऊर्जा नै लिंगको प्रतीक हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *