Search
Close this search box.
Search
Close this search box.

कैलालीका नदिमा डल्फिन माछा, संरक्षण गर्नका लागी छैन पूर्वाधार

कैलाली। कैलालीका विभिन्न नदीमा डल्फिन माछा सजिलैसँग देख्न सकिने भएपनि सडक लगायतका पुर्वाधारको अभावले पर्यटन प्रवद्र्धनमा समस्या भएको छ । डल्फिन अवलोकनका लागि गतिलो सडक नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई ती क्षेत्रसम्म पुग्न मुस्किल हुने गरेको छ । कैलालीको मोहना, कन्द्रा, पथरैया र काडा नदीमा डल्फिन सजिलैसँग अवलोकन गर्न सकिन्छ ।

अझ कर्णाली, मोहना र कान्द्रा नदीको सङ्गम स्थल रहेको क्षेत्रमा यो समयमा डल्फिन प्रशस्त मात्रमा देखिने गरेका छन् जुन कैलालीको टीकापुर र भजनी नगरपालिकाको सिमानामा पर्दछ । तर, डल्फिन अवलोकनका लागि गतिलो सडक सुविधा नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई त्यहाँसम्म पुग्न मुस्किल हुने गरेको छ ।

EPIC

निरन्तर बगिरहने यहाँका खोला नालामा विश्वका अत्यन्त कम देशमा पाइने दुर्लभ प्रजातीको स्तनधारी प्राणी डल्फिनको संरक्षणका लागि स्थानीय रुपमा जनचेतना अभिवृद्धि गरिएको छ । विकासे माछा भन्दै पहिले डल्फिनलाई मार्ने गरेका स्थानीय स्वयम् यसको संरक्षणमा जुटेका छन् । स्थानीय र संरक्षणकर्मीहरुकै पहलमा डल्फिन संरक्षित क्षेत्र समेत बनाइएको अवस्थामा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डल्फिन अवलोकन गर्नका लागि ती क्षेत्रहरुमा सडक लगायतका पुर्वाधार निर्माणमा सबैको ध्यान जानुपर्ने कैलालीका स्थानीयको माग छ ।

वर्षायाममा विचरणका लागि आउने डल्फिन यहाँका खोलानालामा पानीको सतह क्रमिक रुपमा घट्दै जान थालेसंगै फर्किने गरेका छन् । स्थानीय सरकारले यसको संरक्षण गर्दै पर्यटक भित्र्याएर स्थानीय नागरिकको जीविकोपार्जनमा टेवा पुर्‍याउने गरी काम गर्ने भजनी नगरपालिकाका मेयर केवल चौधरीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *