कोटेश्वर भाटभटेनीमा ८० लाख रुपैयाँ बढीको तोडफोड र लुटपाट

काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाटका कारण ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलका अनुसार, लुटपाटमा ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरका सामग्री चोरी भएका छन्।

EPIC EPIC EPIC EPIC EPIC

शुक्रबार राजावादी समूहको प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू सुपरमार्केटभित्र प्रवेश गरी तोडफोड र लुटपाटमा संलग्न भएका थिए। बाहिरी भागमा रहेका अधिकांश सिसा फुटेका छन् भने भवनमा समेत क्षति पुगेको छ, जसको प्रारम्भिक अनुमानित लागत ११ लाख ८५ हजार ८५५ रुपैयाँ रहेको छ।

त्यस्तै, दुई लाख ६५ हजार रुपैयाँ बराबरका शोकेस तथा अन्य सामग्रीमा क्षति पुगेको छ भने काउन्टरमा राखिएको ९४ हजार रुपैयाँ पनि लुटिएको पौडेलले जानकारी दिए।

यस घटनामा संलग्न ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *