काठमाडौं- कोपा अमेरिका कप फुटबलको क्वाटरफाइनलको समीकरण पूरा भएको छ। सेमिफाइनल प्रवेशका लागि समूह ‘ए’ को विजेता अर्जेन्टिना र समूह ‘बी’को चौथो स्थानमा रहेको इक्वेडर तथा समूह ‘बी’को विजेता ब्राजिल र समूह ‘ए’ को चौथो स्थानको चिलीबीच खेल हुनेछ।
यस्तै समूह ‘ए’मा दोस्रो भएको उरुग्वेले समूह ‘बी’ को तेस्रो भएको कोलम्बियासँग तथा समूह ‘ए’मा तेस्रो भएको पाराग्वेले समूह ‘बी’मा दोस्रो भएको पेरुसँग खेल्नेछ।
 
								 
															

















