Search
Close this search box.
Search
Close this search box.

कोभिडका बेला घर फर्किएका ६४ नेपाली श्रमिकलाई मलेसियन कम्पनीले तलब लिन बोलायो

काठमाडौँ । मलेसियन दुई कम्पनीले ६४ जना नेपाली श्रमिकलाई तलब लिनका लागि बोलाएको छ । कोरोना महामारीको समय नेपाल फर्किए पुनः काममा जान नपाएका नेपाली श्रमिकहरूलाई तलब लिनका लागि बोलाएको हो ।

मलेसियाको भेन्चर ग्रुप अन्तर्गत entities Technocom system sdn. Bhd. / Pintarmas sdn. Bhd. मा सन् २०१४ देखि ६४ जना नेपाली श्रमिकहरू काम गर्दै आएका थिए । कोरोना महामारीको समय उनीहरू नेपाल फर्किएका थिए । तर, उनीहरूले काम गरेको तलब भुक्तानी गर्न बाँकी थियो । उक्त तलब भुक्तानी गर्न खोज्दा श्रमिकहरू सम्पर्कमा नआएको भन्दै ती कम्पनीहरूले मलेसियास्थित नेपाली राजदूतावासलाई समन्वयका लागि अनुरोध गरेका थिए ।

EPIC EPIC EPIC

सोही आधारमा दूतावासले कन्सुलर सेवा विभाग र वैदेशिक रोजगार विभागलाई पत्र पठाएर सम्पर्कमा ल्याउनका लागि अनुरोध गरेको थियो । सोही आधारमा विभागले उनीहरूले सम्बन्धित काम गरेको कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

उनीहरूलाई श्रमिकको हालको राहदानी नम्बर, सम्पर्क नम्बर, श्रमिकको हालको ठेगाना र श्रमिकको बैंकको खाता नम्बर ठेगानासहित कम्पनीमा सम्पर्क गर्न अनुरोध गरेको हो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *