Search
Close this search box.
Search
Close this search box.

कोरियन भाषा परिक्षाका लागि डेढ लाख आवेदन

कोरियन भाषा परीक्षा (इपिएस)का लागि एक लाख ४३ हजारजनाभन्दा बढीले आवेदन दिएका छ्न् । अन्तिम दिन शुक्रबारसम्म एक लाख ४३ हजार आठ सय १२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख गुरूदत्त सुवेदीले जानकारी दिनुभएको हो । पुस २ गतेदेखि इपिएसका लागि फारम खुला भएको थियो ।

अनलाइनबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएका कारण यसपटक हालसम्मकै बढी आवेदन परेको इपिएस शाखाले जनाएको छ । गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने भएकाले परीक्षार्थी संख्या बढेको बताइएको छ । गत साउनमा पानीजहाज निर्माणसम्बन्धी कामका लागि इपिएस परीक्षा भएको थियो । जसमा आवेदन दिएर अनुत्तीर्ण भएकालाई यसपटकको परीक्षामा सामेल नगर्ने गरी आवेदन खुलाइएको थियो । त्यतिबेला अनुत्तीर्ण भएका १८ जना उच्च अदालतमा यो निर्णयविरूद्ध गएका थिए ।

EPIC EPIC EPIC

अदालतले अनुत्तीर्ण भएकाले पनि यसपटकको भाषा परीक्षामा सहभागिता जनाउन पाउने निर्णय गरेको थियो । दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार आठ सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ । जसमा उत्पादनमूलक क्षेत्रका लागि उक्त संख्यामा आवेदन खुलाएको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *