Search
Close this search box.
Search
Close this search box.

कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने

काठमाडौं । दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक लैजाने जारी दिएको हो । अहिले कृषि, उत्पादनमुलक र जाहज निर्माणतर्फ मात्रै श्रमिक लगिरहेको  छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेका अनुसार भाषा परीक्षामा पास भएका र फर्किएर आएपछि कोरिया जान फेरि परीक्षा पास गरेकाहरुलाई थप अवसर दिने गरी कोरियाले  थप ३ क्षेत्रमा पनि श्रमिक लैजाने जानकारी दिएको हो । ‘परीक्षा पास भएकाहरुलाई लैजान ढिलाइ हुँदा  असन्तुष्टि बढेपछि कृषितर्फ भाषा परीक्षा पास भएकालाई वनतर्फ र अन्यलाई सेवा तथा रुट इन्डस्ट्रीतर्फ पनि लैजान सकिने भनेर कोरियाले औपचारिक रुपमा पत्रमार्फत नै जानकारी दिएको छ,’ उनले भने,‘यो वर्षभन्दा अर्को वर्ष १३.२ प्रतिशत बढी कोटा दिएर श्रमिक लैजाने कोरियाली सरकारले बताएको छ ।’

EPIC EPIC EPIC

उनका अनुसार रुट इन्डस्ट्रीमा श्रमिक लैजान कोरियाले छनोट भएकालाई ‘स्क्राफोल्डिङ’को तालिम समेत दिइरहेको छ । मोल्डिङ, कास्टिङ, वेल्डिङ, प्लास्टिक वर्किङ, सर्फेस र हिट ट्रिटमेन्ट जस्ता प्रक्रिया प्रविधिहरू प्रयोग गरी व्यापार क्षेत्रको कामलाई ‘रुट इन्डस्ट्री’ भनिन्छ ।

तर, बजारमा कोरियाको रोजगारीका सन्दर्भमा कोटा घट्ने लगायतका गलत हल्लाहरु चलाइको महानिर्देशक घिमिरेले बताए । केही दिनयता समाजिक सञ्जाल लगायत यदाकदा कोरियन भाषा परीक्षा उत्तीर्ण गरी रोष्टरमा रहेका कामदारहरुको विवरण र फाइल कम्पनीसमक्ष ईपीएस कोरिया शाखाबाट नपठाइएको र कोरिया लैजाने कोटा समेत कटौती भएको भन्ने तथ्यहीन र आधारहीन भ्रम फैलाइएकोमा उनले असन्तुष्टि व्यक्त गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *