काठमाडौं- कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएको आन्तरिक हवाई उडान झण्डै दुई महिनापछि पुनः सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीको दैनिक ६४ उडान सञ्चालन गर्नेगरी उडान तालिका बनाएको छ।
कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख १६ देखि निषेधाज्ञा लागू गरेपछि वैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान स्थगन गरिएको थियो।