एजेन्सी- विश्व स्वास्थ्य संगठनले कोरोनाको दुई थरी खोप नलगाउन चेतावनी दिएको छ ।संगठनका मुख्य वैज्ञानिक डा.सौम्या स्वामीनाथनले दुई थरी खोपको प्रयोगलाई ‘खतरनाक ट्रेन्ड’ समेत बताइन् । दुई थरी खोपको सम्भावित नतिजाबारे अहिलसम्म अनुसन्धान नभएको उनले स्पष्ट पारेकी छन्।
जर्मन चान्सलर र क्यानडाका प्रधानमन्त्रीले कोरोनाका दुई थरी खोप लगाएपछि संगठनले यस्तो नगर्न भनेको हो।“यो खतरनाक ट्रेन्ड हो।हामीसँग दुई थरी खोप लगाउनेको डाटा छैन”,स्वामीनाथनले भनिन्।