कोरोनाविरुद्धकाे भ्याक्सिन लगाएपछि पनि मास्क लगाउनुपर्छ ?

काठमाडौं। केही दिनदेखि संसारले राहतको स्वास फेर्न पाएको छ। कारण, केही देशमा हुन थालेको कोरोनाविरुद्धको विश्वसनीय भ्याक्सिनको प्रयोग।

फाइजर/बायोएनटेकको भ्याक्सिन गत सोमबारदेखि बेलायतमा लगाउन सुरु भएको छ। डिसेम्बर महिनाभित्रै यो मेक्सिको तथा अर्को महिनामा ल्याटिन अमेरिकी देशमा उपलब्ध हुने विश्वास गरिएको छ।

EPIC EPIC EPIC

भ्याक्सिन उपलब्ध भइसकेपछि तपाईं के गर्नुहुन्छ? तुरुन्तै मास्क लगाउन छाड्नुहुन्छ? टाढाटाढा यात्रामा निस्कनु हुन्छ? बिलकुलै सक्नुहुन्न। संक्रामक रोग विशेषज्ञहरूका अनुसार जिन्दगी यति छिटै पुरानो गतिमा फर्कने छैन।

नटालिया पास्तरनाक ब्राजिलको क्वेस्चन्स अफ साइन्स इन्स्टिच्युटकी अध्यक्ष हुन्। उनी भन्छिन्, ‘‘भ्याक्सिन उपलब्ध भएपछि पनि तपाईं सकेसमम घरमै बस्नोस् र सोसल आइसोलेसन कायम राख्नुस्।

भ्याक्सिनको दोस्रो डोजका लागि प्रतीक्षा गर्नुहोस् र त्यसपछि कम्तीमा १५ दिनसम्म भ्याक्सिनले पार्ने पूर्ण प्रभाव कुर्नुहोस्।’’ त्यसपछि पनि ठूलो आवादीको प्रतिरक्षा क्षमता (इम्युन) बढ्ने प्रतीक्षा पनि गर्नुपर्ने उनको भनाइ छ। अनि मात्र जनजीवन सामान्य हुने पास्तरनाक बताउँछिन्।

भ्याक्सिनले काम गर्ने एउटा सूत्र छ। यसले शरीरमा एक तत्व जोडिदिन्छ जसलाई एन्टिजेन भनिन्छ। एन्टिजेन एक निष्क्रिय (मृत) भाइरस, कमजोर भाइरस (जसले कसैलाई बिरामी बनाउँदैन), भाइरसको एक हिस्सा, केही प्रोटिन जुन भाइरसजस्तै देखिन्छ अथवा न्युक्लिक एडिट, अन्य पनि हुन सक्छ।

एन्टिजेनले इम्युन बढाउँछ। यसले शरीरलाई दूषित किटाणु वा भाइरससँग लड्न तयार पार्छ। यस्तो प्रतिक्रिया शरीरले देखाउन कम्तीमा पनि दुई साता लाग्ने पास्तरनाक बताउँछिन्।

विशेषज्ञ तथा चिकित्सकहरुका अनुसार भाइरसबाट जोगिनका लागि भ्याक्सिनको दुई डोज आवश्यक पर्छ। अहिलेसम्म प्रभावकारी देखिएका फाइजर, मोडर्ना, अक्सफोर्ड/एस्ट्राजेनेका तथा स्पुतनिक, कोरोनाभ्याकलगायतका भ्याक्सिन पनि दुई डोज आवश्यक पर्ने उनीहरूको भनाइ छ।

पहिलो डोज भ्याक्सिन लगाएको कम्तीमा १५ दिन अर्को डोज लिनका लागि कुर्नुपर्न छ। दोस्रो डोज नलिएसम्म महामारीबाट बच्ने सबै उपाय अवलम्बन गर्नुपर्छ। सेल्फ आइसोलेसन तथा मास्क लगाइरहनु पर्नेछ। प्रत्येक भ्याक्सिनको असर हेरेर मात्र बिरामी सुरक्षित हुन सक्ने विशेषज्ञहरूको भनाइ छ।

भ्याक्सिन लगाएको एक-डेढ महिना सचेत भएर सुरक्षितरूपमा बस्नु बुद्धिमानी हुनेछ। जिन्दगी सामान्य हुन अझै समय लाग्ने छ। जबसम्म ठूलो आवादीमा भ्याक्सिन सहज उपलब्ध हुँदैन तबसम्म सावधानी अपनाउनु पर्नेछ।(बीबीसी)

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *