Search
Close this search box.
Search
Close this search box.

कोरोना कहरको दोस्रो लहर: बुद्धशान्तिमा ७०२ संक्रमीत,५७ निको,१३ को मृत्यु,

तीर्थ तिम्सिना, झापा(बुद्धशान्ति ) – कोरोना कहरको दोस्रो लहर सुरु भएयता झापाको बुद्धशान्ति गाउँपालिकामा हिजो बुधबारसम्म ७०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जम्मा ५४९ जनाको पिसिआर गरिएको छ । जसमा ४७१ जनामा कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले बताएका छन् ।

EPIC EPIC EPIC

उनले हिजोसम्म ५७५ जनाको एन्टिजेन्ट टेस्ट गरिएकोमा २३१ जनामा एन्टिजेन्ट पोजेटिभ देखिएको बताएका छन् । यो संगै कोरोना संक्रमितको संख्या ७०२ जना पुगेको हो ।

जेठको १ गतेबाट सुरु गरिएको बुद्धशान्ति आइसोलेसनमा ७५ जना बिरामीलाई राखिएको अधिकारीको भनाई छ । आजका दिनसम्म ५७ जना बिरामी कोरोनालाई जित्न सफल भई डिस्चार्ज भएका छन् भने १८ जनालाई अन्यत्रै रिफर गरिएको छ ।

बुद्धशान्ति आइसोलेसनमा संक्रमीत बिरामीलाई हेरचाह गर्न डाक्टर सहित ६ जना स्वास्थ्यकर्मी रहेका छन् । उनीहरु प्रत्यक्ष रुपमा बिरामीको निगरानी रहेर कार्य गरिरहेको अधिकारीले बताए ।कोरोना कहरका कारण बुद्धशान्तिमा १३ जनाको मृत्यु भएको छ ।

झापामा २ सय १५ जना बढीको मृत्यु

स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चम्लागाईंका अनुसार कोरोना कहरको दोस्रो लहर वैशाखयता असार दोस्रो सातासम्म २ सय १५ जनाले ज्यान गुमाउन पुगे । जसमा १ सय ३८ पुरुष तथा ७७ जना महिला रहेका छन् ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गरी झापा जिल्लामा ३ सय ४४ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म १३ हजार ५ सय ५७ जना संक्रमित भएका छन् । जसमध्ये दोस्रो लहरमा मात्र १० हजार ९ सय ५६ जना संक्रमित भएका हुन् । जिल्लामा सबै उमेर समूहका व्यक्तिमा संक्रमण देखिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

#कोरोना कहर # मेरो पालिका # बुद्धशान्ति गाउँपालिका

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *