झापा – झापाको कनकाई नगरपालिका साउन १६ गतेसम्मलाई शिल गरिएको छ । कनकाई नगरपालिकाले एक सूचना जारी गर्दै ९ गते राती १० बजेदेखि १६ गतेसम्मका लागि शिल गरेको छ ।
नगरपालिकाले सूचना जारी गर्दै सबै व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न अनुरोध गरेको छ ।
नगरपालिका तथा वडा कार्यालयहरुबाट अत्यावश्यक सेवा बाहेक सबै स्थगन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद मिश्रले जानकारी दिए ।