Search
Close this search box.
Search
Close this search box.

कोरोना बिमा -३२ हजार जनाको सूचना, २० हजारले बुझाएनन् कागजात

काठमाडौं– कोरोना संक्रमित भएर बिमा दावी गर्ने २० हजारभन्दा बढीले आवश्यक सबै कागजात समयमा नबुझाउँदा उनीहरुको दाबी भुक्तानीमा ढिलाइ भएको छ। संक्रमित भएको मौखिक जानकारी बिमा कम्पनीलाई गराए पनि दाबी भुक्तानीका लागि आवश्यक कागजात समयमै नबुझाएका हुन्।

बिमा कम्पनीहरूले तयार गरेको विवरणअनुसार अहिलेसम्म ३२ हजार ७८४ जना बिमितले आफू कोरोना संक्रमित भएको जानकारी बिमा कम्पनीलाई गराएका छन्। तर तीमध्ये १२ हजार ११८ ले मात्रै कागजात पूरारूपमा बुझाएका छन् भने २० हजार ६ सय ६६ जनाले पूरै कागजात बुझाएका छैनन्।

EPIC

अहिलेसम्म ४ हजार ९ सय २९ जनाले बिमा दावी भुक्तानी पाएका छन्। उनीहरूले बिमा कम्पनीबाट ४७ करोड ७७ लाख रूपैयाँ दावी भुक्तानी पाएका छन्। कूल ३ अर्ब १८ करोड रूपैयाँ भुक्तानीका लागि बिमा कम्पनीहरूले सूचना पाएका छन्। त्यसमध्ये २ अर्ब ७० करोड रूपैयाँ भुक्तानी दिन बाँकी छ।

प्राप्त विवरणअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा ३ हजार ४७ दाबी पठाइएकोमा ११ सय ७२ दाबीको अन्तिम स्वीकृति प्राप्त भएको छ भने १८ सय ७५ स्वीकृतिको चरणमा छन्।

कोरोना बिमाअन्तर्गत अहिलेसम्म १ लाख ५७ हजार ३९५ पोलिसी बिक्री भएका छन्। यी पोलिसीअन्तर्गत १७ लाख १० हजार बिमित छन्। बिमा कम्पनीहरूले यसबाट ९८ करोड ६९ लाख ९७ हजार रूपैयाँ प्रिमियम संकलन गरेका छन्।

कसरी पाइन्छ भुक्तानी ?
बिमा समितिले २०७७ बैसाख ७ गतेबाट कोरोना बिमालेख स्वीकृत गर्दै कोरोना बिमा सुरु गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिएको थियो। कोरोना बिमा लेख जारी हुँदा कोरोना भाइरस संक्रमण भएमा बिमांक रकम बराबर एकमुष्ट ५० हजार रुपैयाँ वा १ लाख रुपैयाँ बिमा दाबी पाइने व्यवस्था थियो।

अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचारका बिल पेश गर्नुपर्ने हुन्छ। भदौ २८ गतेपछि जारी गरिएका बिमालेखको हकमा यस्ता कागजपत्र आवश्यक पर्छ। भदौ २८ गतेभन्दा अगाडिको बिमालेखको हकमा अस्पतालका बिल पेश गर्नुपर्ने छैन।

तर २०७७ भदौ २८ गते कोरोना बिमालेख परिमार्जन गरिएको थियो। भदौ २८ गतेपछि बिमालेख खरिद गरेका व्यक्तिले कोरोना भाइरस सक्रमण भएमा एकमुष्ट २५ हजार र अस्पताल भर्ना भइ उपचार गर्नुपरेमा उपचार खर्चबापत ७५ हजारसम्म पाउँछन्। २०७७ भदौ २८ गतेसम्म जारी भएको बिमालेखको हकमा भने कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै बिमांक रकम बराबरकै दाबी भुक्तानी पाउँछन्।

कोरोना बिमा दाबीका लागि बिमितले बिमालेखको प्रतिलिपि पेश गर्नुपर्नेछ। यसका साथै कोरोना बिमा मापदण्ड २०७७ अनुसारको दाबी फारम पूर्णरूपमा भर्नु पर्ने हुन्छ। कोरोना भाइरस सक्रमण पुष्टि हुने पिसीआर परीक्षणको सक्कल प्रति पेश गर्नुपर्छ। होम आइसोलेसनमा बसेको अवस्थामा स्थानीय निकायबाट होम आइसोलेसनमा बसेको बारे प्रमाणित पत्र संलग्नु पर्नुपर्छ।

यस्तो पत्र आइसोलेसन बसेको ठाउँको स्थानीय निकायबाट बनाउनु पर्नेछ। अस्पतालमा वा आइसोलेसन केन्द्रमा भर्ना भएको अवस्थामा डिस्चार्ज सिट आवस्यक पर्नेछ। संक्रमित बिमितको परिचय खुल्ने आधिकारिक पत्र ९नागरिकता प्रमाणपत्र, नावालकको हकमा जन्म दर्ता प्रमाणपत्र० संलग्नु पर्नुपर्छ।

अस्पताल भर्ना भई उपचार गर्नुपरेको अवस्थामा उपचारका बिल पेश गर्नुपर्ने हुन्छ। भदौ २८ गतेपछि जारी गरिएका बिमालेखको हकमा यस्ता कागजपत्र आवश्यक पर्छ। भदौ २८ गतेभन्दा अगाडिको बिमालेखको हकमा अस्पतालका बिल पेश गर्नुपर्ने छैन।

बिमा कम्पनीहरूले आफूलाई प्राप्ता बिमा दावी परेको, भुक्तानी दिएको र थप पुष्ट्याइँका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाएको विवरण बिमा समिति हुँदै अर्थ मन्त्रालय पठाउनुपर्छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसअघि नै बिमा समिति र बिमक संघका अधिकारीलाई बोलाएर बिमा दावी गरेको ७ दिनभित्र भुक्तानी दिन निर्देशन दिएका थिए। स्वास्थ्य खबर पत्रिकामा खबर छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *