विराटनगर । कोरोना संक्रमणमुक्त भएको सिफारिसका लागि विराटनगर महानगरपालिकाले ५०० रुपैयाँ शुल्क र निवेदन दस्तुरका रुपमा १० रुपैयाँ लिन थालेको छ।
महामारीको सुरुवाती अवस्थामा महानगरपालिकाले संक्रमण मुक्त भएको सिफारिस गर्दा शुल्क लिएको थिएन । तर पछिल्लो समय शुल्क लिन थालेको हो ।
यसरी सिफरिस बनाउन जानेहरु अधिकांश बिमा दाबी गर्नेहरु रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।बिमा प्रयोजनका लागि सिफारिस दिनुपर्ने भएकाले शुल्क लिन थालेको विराटनगर महानगरपालिकाका प्रवक्ता राजेन्द्र प्रधानले बताएका छन ।

उनका अनुसार होम आइसोलेसनमा बसेको प्रमाणित गर्दा ‘अन्य सिफारिस शीर्षक’ मा ५०० रुपैयाँ र निवेदन दस्तुरका लागि १० रुपैयाँ शुल्क संकलन गरेको हो ।