कोशीका १२ जिल्लामा व्यावसायिक कफी, सबैभन्दा बढी इलाममा

झापा, साउन ९ । कोशी प्रदेशमा कफी खेतीको विस्तार उत्साहजनक रुपमा भइरहेको छ। प्रदेशका १२ जिल्लाका किसानहरू अहिले व्यावसायिक कफी खेतीमा सक्रिय भएका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडका सूचना अधिकारी अनन्त ढुंगानाका अनुसार प्रदेशमा दुई हजार हेक्टरभन्दा बढी क्षेत्रमा कफी खेती विस्तार भइसकेको छ। इलाम, धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, सोलुखुम्बु, तेह्रथुम, उदयपुर, मोरङ, पाँचथर र ताप्लेजुङ जिल्लाका पाँच हजारभन्दा बढी किसान कफी खेतीमा संलग्न छन्।

EPIC EPIC EPIC EPIC EPIC

हाल कोशी प्रदेशमा वार्षिक ९० देखि १०० मेट्रिक टन कफी दाना उत्पादन हुँदै आएको छ। यसको बजार मूल्य लगभग २० करोड रुपैयाँ छ भने उत्पादित कफीमध्ये आधाभन्दा बढी विदेश निर्यात हुने गरेको बोर्डले जनाएको छ।

नेपालमा वार्षिक ५०० मेट्रिक टन कफी उत्पादन हुँदै आएकोमा त्यसमा कोशी प्रदेशको २० प्रतिशत योगदान रहेको छ। इलाम जिल्लामा सबैभन्दा बढी कफी खेती हुँदै आएको छ, जहाँ दुई हजारभन्दा बढी किसानले ९०० हेक्टर क्षेत्रमा खेती गर्दै ५० मेट्रिक टन जति उत्पादन गर्छन्।

धनकुटामा ७५० हेक्टर, मोरङमा ५०० हेक्टर र पाँचथरमा ३५० हेक्टर क्षेत्रमा कफी खेती विस्तार भएको बोर्डको तथ्यांक छ। यसबाट हजारौं किसान लाभान्वित भएका छन्।

बोर्डले ५० रोपनीभन्दा बढी जग्गामा कफी खेती गर्न इच्छुक किसान र सहकारीलाई ७ लाख ५० हजार रुपैयाँ तथा नर्सरी सञ्चालन गरी विरुवा उत्पादन गर्नेलाई ३ लाख ५० हजार रुपैयाँ अनुदान दिँदै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा २४ स्थानीय तहमा ११० हेक्टर क्षेत्रमा कफी खेती विस्तार गर्न २ करोड ३७ लाख रुपैयाँ खर्च गरिएको बोर्डले जनाएको छ। चालु आव २०८२/८३ मा २३ स्थानीय तहमा खेती विस्तारका लागि २ करोड ८३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

“कोशी प्रदेश कफी खेतीका लागि उर्वर क्षेत्र हो,” सूचना अधिकारी ढुंगानाले भन्नुभयो, “बजारको समस्या छैन तर प्रशोधन, गुणस्तर, प्याकेजिङ र ट्रेडमार्क जस्ता पक्षमा किसान अझै कमजोर छन्। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सिधै पठाउन नसकी स्थानीय बजारमै सस्तोमा बेच्न बाध्य छन्।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *