कोशीलगायत तीन प्रदेशका पहाडी भू-भागमा वर्षाको पूर्वानुमान

काठमाडौं। आज मंगलबार देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य अवस्थिति रहँदा पूर्वी क्षेत्रतर्फ औसत स्थानभन्दा केही उत्तरतर्फ सरेको छ। यस प्रणालीको प्रभावका कारण देशभर मौसम बदली हुने तथा विभिन्न स्थानहरूमा वर्षा हुने सम्भावना छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र तराईका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना समेत रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागहरूमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू-भागहरूमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश तथा पहाडी भू-भागका केही स्थानहरूमा र तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *