कोशीसहित चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १७ – आज शनिबार देशभर मनसुनी प्रणालीको प्रभाव कायमै रहने जलवायु पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेकाले वर्षा सक्रिय हुने अनुमान गरिएको छ।


आज दिउँसो देशभर आकाश साधारणतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित पहाडी भू-भागका धेरै स्थानहरूमा तथा तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको विभागले जनाएको छ।

EPIC EPIC EPIC EPIC EPIC

आज राति पनि देशभर आकाश बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा र अन्य प्रदेशका केही भागमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *