कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ। मनसुनको सक्रियताले देशभर आज (मंगलवार) पनि भारी वर्षाको सम्भावना रहेको पूर्वानूमान छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।

EPIC EPIC EPIC

मंगलवार दिउँसो देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलवार राती पनि देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मंगलवार राती सबै प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च