कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी प्रणालीको सक्रियतासँगै आज दिनभर र राति अधिकांश भागमा बदली मौसम रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यतः उत्तरतिर रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, उच्च-पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको मौसमविद्‍हरूले बताएका छन्।

आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ भने बाँकी प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसका साथै, कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ। उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा राति पनि हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने देखिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *