कोशी टप्पुदेखि सगरमाथा र केचनादेखि ताप्लेजुङसँगसम्म पदमार्ग विकास गरिने

विराटनगर, जेठ १६ — सरकारले कोशी प्रदेशमा पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै कोशीटप्पुदेखि सगरमाथासम्मको पदमार्ग निर्माण गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सो पदमार्ग निर्माण तथा सञ्चालनका लागि रकम विनियोजन गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संसद्मा बजेट सार्वजनिक गर्दै कोशी प्रदेशको पर्यटन विकासका लागि विशेष कार्यक्रम अघि सारिएको जानकारी दिए। सरकारको नीति तथा कार्यक्रममा कोशी क्षेत्रमा र्‍याफ्टिङलगायतका साहसिक पर्यटन पूर्वाधारलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

EPIC EPIC EPIC EPIC EPIC

त्यसैगरी, झापाको केचना–पाथीभरा पदमार्ग सञ्चालनमा आएको र त्यसको विस्तार तथा प्रवर्द्धनमा समेत सरकारको ध्यान केन्द्रित हुने जनाइएको छ।

बजेटमार्फत झापाको भद्रापुर विमानस्थलको क्षमता विस्तार गरिने तथा पूर्वनिर्धारित उदयपुरस्थित सगरमाथा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिने अर्थमन्त्री पौडेलले बताएका छन्।


यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *