कचनकवल। झापाको कचनकवल गाउँपालिकामा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले गाउँपालिकाभित्र रहेका प्रहरी चौकीहरूको अवलोकन गर्नु भएको छ।
अवलोकनका क्रममा मन्त्रीले पाठामारी र घेराबारीको जीर्ण अवस्थामा रहेको प्रहरी चौकी, पथरियाको अधुरो चौकी अवलोकन गर्नु भएको थियो।
यसैबीच कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले गाउँपालिका भित्रका अधुरा विकास निर्माण कामका बारेमा जानकारी गराउँदै पाठामारीकाे झोलुङ्गे पुलको समेत अवलोकन गराउँनु भएको थियो। मन्त्री राईले उक्त पुललाई कोशी प्रदेश सरकारले तत्काल पुलको काम अगाडि बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो।
राईले कचनकवल ४ मा रहेका पर्यटन प्रवर्द्धनको समेत अवलोकन गर्न भएको थियो। मन्त्री राईले प्रहरी चौकीहरूको अधुरा र जीर्ण अवस्थामा रहेका भवनहरू तत्काल अगाडि बढाइने बताउँनु भएकाे छ।
उनले कचनकवल का विकास का अधुरा कामहरू पनि अगाडि बढाउने र कचनकवल गाउँपालिका अध्यक्ष र झापा क्षेत्र नं ३ का माननीय सांसद भूमिप्रसाद राजवंशी लाई अधुरा योजनाका कामहरू कोशी प्रदेश समक्ष पेश गर्न निर्देशन दिनुभएको छ। साथै सांसद र अध्यक्षले हात्ती आतङ्कका बारेमा जनताले खेप्दै आईरहेका समस्या बारेमा पनि मन्त्री राई लाई जानकारी गराउनुभएको थियो ।