Search
Close this search box.
Search
Close this search box.

कोशी प्रदेशका सहकारीमा पाँच लाखसम्म बचत गर्ने सवा ८ लाख बचतकर्ता

झापा(पालिका सन्देश) । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ता आठ लाख २२ हजार तीन सय ११ जना रहेका छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ ।

सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या र उनीहरुले बचत गरेको रकमबारे विभागले तथ्यांक मागेको थियो । सोही क्रममा विभागलाई उपलब्ध तथ्यांकअनुसार कोशी प्रदेशका सहकारी संस्थामा साना (पाँच लाख भन्दा कम बचत गर्ने) बचतकर्ताको संख्या करिब सवा ८ लाख रहेको देखिएको हो ।

EPIC

यस्तै, उक्त प्रदेशका सहकारीमा तीन लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको संख्या ८ लाख ८ हजार ४ सय ३९ र पाँचलाख सम्म बचत गर्ने १३ हजार ८ सय ७२ जना रहेका छन् । यी सबै जोडेर पाँच लाख रुपैयाँसम्म संकलन गर्ने बचतकर्जाको संख्या करिब सवा ८ लाख र बचत रकम करिब ३३ अर्ब ११ करोड रुपैयाँ पुगेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *