बिर्तामोड। बिर्तामोड स्थित देवी पन्चकन्यामा अवस्थित श्री कैलासेश्वर महादेव परिसर सरसफाई कार्य सम्पन्न भएको छ | श्री कैलाशेश्वर महादेव संरक्षण समितिका अध्यक्ष जनक खड्काको अगुवाहिमा भएको सरसफाई कार्यक्रममा समितिका पदाधिकारीहरु हेमकुमार कडरिया, केदार अधिकारी, गोविन्द दुलाल, सोमनाथ पौडेल लगायत समाजसेवी डिल्लीराम थपलिया, किशोर खरेल, टोलबिकास संस्थाका कोषाध्यक्ष रोहित कार्की लगायतको उपस्थिति रहेको थियो |
प्रदेश १ कै ठुलो शिवालयको रुपमा चिनिएको कैलाशेश्वरको सम्बर्धनमा पछिल्लो समय संरक्षण समिति बनेपछि सक्रियता बढेको स्थानीय सोमनाथ पौडेलले बताउनु भएको छ | यस स्थानलाई धार्मिक तथा पर्यटन प्रवर्धनको हिसाबले अझ उत्कृष्ट बनाउनको लागी समिति दर्ता लगायतका प्रशासनिक कामहरु अघि बढेको अध्यक्ष जनक खड्काले बताउनु भएको छ |