कोशी प्रदेशको खानेपानी र सिँचाइ मन्त्रालय : मेसिन छ जनशक्ति छैन, नीति छ बजेट छैन

विराटनगर । २०८२ साल असोज १८ गतेको प्राकृतिक विपदबाट इलाममा ठुलो जनधनको क्षति भयो । उक्त क्षतिको विषयगत विवरण कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा पनि सुरक्षित छ । सो मन्त्रालयले सोही तथ्याङ्कको आधारमा खानेपानी र सिँचाइको क्षेत्रमा भएको क्षतिग्रस्त संरचनाको पुनःनिर्माणको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई पठायो । तर, सो मन्त्रालयले रकम निकासा नगर्दा क्षतिग्रस्त संरचना निर्माणको कुनै टुंगो लागेको छैन । 

कोशी प्रदेश सरकारले यस आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने क्रममा तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्राथमिकताका साथ प्रस्तुत गरेको एउटा विषय थियो, ‘एक घर एक धारा’ कार्यक्रम । उर्जा, सिँचाइ, खानेपानी तथा सरसफाइ शीर्षकको पहिलो बुँदामै उल्लेख गरेका थिए, ‘स्वच्छ एवम् गुणस्तरीय खानेपानीमा पहुँच विस्तार गर्न संघीय सरकार र स्थानीय तहसँगको सहकार्यमा ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिएको छु । यसका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।’ सो मन्त्रालयमा सरकारले ४ अर्ब ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, बजेटमा भने एक घर एक धारामा रकम नै थिएन । 

EPIC EPIC EPIC

खानेपानी सुधारको लागि भन्दै सो मन्त्रालयले दुई वर्ष अगाडि नै खानेपानीको गुणस्तर परीक्षणका लागि सुनसरीको इटहरीमा प्रयोगशाला स्थापना गर्ने भन्दै ७५ लाखको मेसिन खरिद गर्यो । यस वर्षपनि मेसिन खरिदमै बजेट राखियो । तर, प्रयोगशाला चलाउने जनशक्ति नभएको भन्दै अघिल्लो वर्ष नै खरिद भएका ती मेसिन मन्त्रालयको गोदाममा थन्किएर बसेका छन् । 

कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलाचन पाठकले बुधबार कोशी प्रदेशसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा भने, ‘यस आर्थिक वर्षमा गुणस्तरीय प्रयोगशालासम्बन्धी उपकरण, मेसिन तथा औजार खरिद शीर्षकमा ७५ लाख रुपैयाँ विनियोजन भएको छ । तर अघिल्लो आवमै ती सामग्री खरिद भइसकेकाले यो बजेट चालु आवमा प्रयोग नहुने जानकारी गराउँदछु ।’ 

उपकरण भएर पनि प्रयोगशाला किन चलेन त ? भन्ने प्रश्नमा मन्त्रीले प्रशासनिक अवरोध देखाए । मन्त्री पाठकले भने, ‘खानेपानी प्रयोगशाला स्थापना गर्दा अधिकृत तहको केमिस्ट र ल्याब ब्वाईसमेत आवश्यक पर्ने भएकोले सो सम्बन्धमा संगठन तथा व्यवस्थापन नभएको हुँदा हाल जिल्ला–जिल्लामा प्रयोगशाला विस्तारमा चुनौती खडा भएको छ । पानी परीक्षण नियमित नहुँदा प्रदेशवासीले पानीको शुद्धता यकिन नगरी उपभोग गर्न बाध्य भएको अवस्थालाई अन्त्य गर्न सरकार प्रतिबद्ध छ ।’ 

पाठकले विशेषगरी इलामको पुनर्निर्माण, ‘एक घर एक धारा’ कार्यक्रम र प्रयोगशाला स्थापनामा देखिएका समस्याबारे पनि संसदमा जवाफ दिएका छन् । इलाममा भएको क्षतिको विस्तृत विवरण प्रस्तुत गर्दै उनले हालसम्म पुनर्निर्माणका लागि रकम प्राप्त नभएको बताए । उनका अनुसार इलाममा सिँचाइतर्फ ९८ योजनामा ४२ करोड ४१ लाख ११ हजार र खानेपानीतर्फ २२३ वटा आयोजनामा २८ करोड १ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

‘इलाममा भएको क्षतिको विवरण संकलन गरी समयमै पठाइएको र त्यो जायज पनि छ । उक्त विवरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पेस गरिएकोमा माग गरिएको रकम हालसम्म निकासा भएन,’ उनले भने, ‘कोशी प्रदेशभर १००७ योजनाहरू क्षति भएका छन् र यसको निर्माणका लागि २ अर्ब ७ करोड ८ लाख ७९ हजार ५ सय ६३ रुपैयाँ आवश्यक छ, तर बजेट नहुँदा काम अघि बढ्न सकेको छैन ।’ 

प्रदेश सरकारको लोकप्रिय नारा ‘एक घर एक धारा’ कार्यक्रम यस वर्ष बजेटकै अभावमा कार्यान्वयन हुन नसकेको मन्त्री पाठकले स्वीकार गरे । ‘कोशी प्रदेश सरकारको यस आवको नीतिमा ‘एक घर एक धारा’को कार्यक्रमलाई प्राथमिकता दिए पनि यस कार्यक्रममा कुनै पनि बजेट विनियोजन भएको छैन,’ उनले भने, ‘बजेट विनियोजन नभएकाले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले प्रदेश सरकारको बजेटमार्फत उक्त कार्यक्रमलाई सम्बोधन गर्न नसकेको जानकारी गराउन चाहन्छु ।’ 

यद्यपि संघीय सरकारको विशेष अनुदानमा ओखलढुङ्गा, खोटाङ, पाँचथर, झापा र सुनसरीका १५ वटा आयोजनाहरू भने सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्री पाठकले आगामी वर्षको बजेटमा मात्रै यो कार्यक्रमले प्राथमिकता पाउने बताए । ‘आगामी आवमा एक घर एक धारा कार्यक्रमलाई प्राथमिकता दिई बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने । 

रातोपाटीमा खबर छ । link

https://www.ratopati.com/story/554234/koshi-provinces-ministry-of-water-supply-and-irrigation-there-are-machines-but-no-manpower-there-are-policies-but-no-budget

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च