कोशी प्रदेशको नामाकरणका बिषयमा माओवादी केन्द्र आन्दोलनको पक्षमा

screenshot 20230405 182855 chrome

नेकपा माओवादी केन्द्रले प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने माग राख्दै जारी आन्दोलनको पक्षमा रहेको जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी  पदाधिकारी बैठकले कोशी नामकरणबारे जारी आन्दोलनको विषयमा धारणा तय गर्दै पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।बैठकपछि माओवादी प्रवक्ता कृष्ण बहादुर महराले प्रदेशको नाम पहिचानका आधारमा राख्नका लागि माओवादीबाट कमजोरी भएको र पार्टी पहिचानकै पक्षमा रहेको स्पष्ट पारे ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

उनले प्रदेशको नामकरण गर्ने अधिकार प्रदेशसभालाई रहेपनि माओवादी पहिचानकै आधारमा प्रदेशको नामाङ्करणको पक्षमा रहेको बताए ।बैठकले प्रदेश नामकरणका विषयमा भएको आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्दै उचित राहत दिन सरकारसँग आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले मिटरब्याज पीडितहरुको पक्षमा माओवादी रहेकोले सरकारले छानबिन गरेर वार्ताका माध्यमबाट समस्या हल गर्नुपर्ने निष्कर्ष निकालेको उनले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *